PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

श्रीमतीमाथि धारिलो हतियारले प्रहार गरेर घरबाट हाम फालेर भाग्न खोजे श्रीमान्, दुवैजनाको मृत्यु



पहिलोपोस्ट

श्रीमतीमाथि धारिलो हतियारले प्रहार गरेर घरबाट हाम फालेर भाग्न खोजे श्रीमान्, दुवैजनाको मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं : चितवनमा श्रीमतीको हत्या गरि भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। भरतपुर महानगरपालिका - १० रमाइलो चोकमा श्रीमतीको हत्या गरि घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीका अनुसार आइतबार राति १० बजेर २५ मिनेटमा ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। रुश्मालाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्। श्रीमतीलाई आक्रमणपछि घरको तेस्रो तलाबाट भाग्न खोज्दा हामफालेका कृष्णप्रसादको उपचारको क्रममा राति नै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell