PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालक कारबाहीमा



पहिलोपोस्ट

ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालक कारबाहीमा

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालकहरूलाई प्रहरीले कारबाही गरेको छ।

साउन ४ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र विद्यालयका सम्बन्धित निकायहरु र अभिभावक संघबिच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो। स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएकाले कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।

यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कुलबसहरुलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell