PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो



पहिलोपोस्ट

भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका-६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो।

१८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell