PahiloPost

Jun 23, 2024 | १० असार २०८१

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै



पहिलोपोस्ट

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै
तस्बीर: एनएसजेएफ

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा आजबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा आज श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्स भिड्दैछन्। नेपाल र माल्दिभ्सबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ रिजनको कुरा गर्दा सबै टोली एउटै स्तरका छन्। पहिलो म्याच माल्दिभ्ससँग छ। दुवै बराबरीका टिम हुन्’, नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए, ‘हामीले केही फरक तयारी गरेका छौँ। यसमा थप काम गर्न सके उनीहरुलाई सजिलै हराउन सक्नेछौँ।’

त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए। यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए। प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ।

‘पहिलो म्याच माल्दिभ्ससँग छ। हामीलाई कुनै दवाब छैन। हामी तीन अंकका लागि खेल्नेछौँ। हामी अन्तिमसम्म फाइट गर्नेछौँ,’ कप्तान घलानले भने।

पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए। तर, टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell