अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका देशहरुसँग भर्चुअल रुपमा आर्थिक सम्मेलन गर्ने भएको छ। मंगलवार हुने सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका १४ देशले सहभागिता जनाउने छन्।
'इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क' नाममा अमेरिकाले एसियामा आफ्नो सक्रियता खोजेको हो। मन्त्रीस्तरीय बैठकलाई अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइ, वाणिज्य मन्त्री निना राइमोन्डोले आयोजना गर्न लागेको रोयटर्सले जनाएको छ।
राष्ट्रपति जो बाइडेनले गत मेमा आफ्नो जापान भ्रमणका क्रममा इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्कको घोषणा गरेका थिए।
यो सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका अस्ट्रेलिया, ब्रुनाइ, फिजी, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहभागी हुने छन्।