
काठमाडौं : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतवार बेलुकी प्रहरीले पक्राउ गरेको हो। राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ।
उजुरपछि प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।