PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

ललितपुरमा सवारी दुर्घटना : स्कुटर चालक युवतीको मृत्यु, ठक्कर दिने सवारीको पहिचान खुलेन



पहिलोपोस्ट

ललितपुरमा सवारी दुर्घटना : स्कुटर चालक युवतीको मृत्यु, ठक्कर दिने सवारीको पहिचान खुलेन

काठमाडौं : ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित सडकमा सवारीले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

हाल नम्बर नखुलेको सवारी साधनले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमवार बिहान ठक्कर दिँदा स्कुटर चालक धोबीघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell