PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गोटावाय राजापाक्षलाई तत्काल पक्राउ गर्न सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी



पहिलोपोस्ट

गोटावाय राजापाक्षलाई तत्काल पक्राउ गर्न सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी
फोटो: एपी

श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षलाई पक्राउ गर्न माग गर्दै सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दर्ता गरेको छ। मानव अधिकारवादी समूह 'इन्टरनेशनल ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)'ले पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न माग गर्दै उजुरी दर्ता गराएको हो।

श्रीलंकाको बढ्दो आर्थिक संकटसँगै राजापाक्ष भागेर गत साता सिंगापुर पुगेका थिए। २००९ मा श्रीलंकामा भएको तामिल टाइगर्स विद्रोहीलाई दमन गरी युद्ध अन्त्य गर्दा उनी त्यहाँको रक्षा सचिवको भूमिकामा थिए।

दक्षिण अफ्रिकामा कार्यालय भएर सञ्चालनमा रहेको मानवअधिकारवादी संस्था युद्ध अपराधका क्षेत्रमा प्रमाण जुटाउने संस्था हो। यस संस्थाका कानुन व्यवसायीहरुले राजापाक्षलाई तत्काल पक्राउ गर्न आग्रहसहित उजुरी दर्ता गराएको एपीले उल्लेख गरेको छ।

उजुरीमा राजापक्षले गृहयुद्धका समयमा जेनेभा कन्भेन्सनको गम्भीर उल्लंघन गरेको आरोप लगाइएको छ। उजुरीमा यस्ता अपराध विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत सिंगापुरको आन्तरिक अभियानको विषय भएको दाबी गरिएको छ।

श्रीलंकाको अर्थतन्त्र धारासाही हुँदा सरकार ढलेको देखिएपछि यो संकट तीन दशक लामो युद्धका क्रममा भएका गम्भीर अन्तर्राष्ट्रिय अपराधहरुमा दिइएको संस्थागत दण्डहिनताको परिणाम भएको आईटीजेपीका कार्यकारी निर्देशक यास्मिन सुकाले बताएकी छिन्।

उजुरीमा यो सबै कुरा भ्रष्टाचार, आर्थिक अपचलनसँग मात्र नजोडिएको र यो विषय सामूहिक हिंस्रक अपराधमा जवाफदेहिता ल्याउनुपनि भएको उल्लेख छ।

श्रीलंकामा भएको गृहयुद्धका क्रममा एक लाख भन्दा बढीको मृत्यु भएको अनुमान राष्ट्रसंघको छ। यो संख्या अझ बढी हुन सक्ने अनुमान छ। राष्ट्रसंघीय रिपोर्टमा कम्तिमा ४० हजार अल्पसंख्यक तामिल समुदायका नागरिकलाई अन्तिम महिनामा मारिएको थियो।

तामिल अल्पसंख्यक समुदायको स्वतन्त्र राज्य स्थापनाको लागि लडिरहेका थिए तामिल टाइगर्स। सिनहाला बहुसंख्यक समुदायका नागरिकहरु गोटावाय राजापाक्ष र उनका जेठा दाजु महिन्दा राजापाक्षलाई युद्ध माथिको जितको लागि सम्मान गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell