PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नागरिकता विधेयकले नागरिकता पाउन खुकुलो बनाउन खाजेको होइन : गृहमन्त्री खाण



पहिलोपोस्ट

नागरिकता विधेयकले नागरिकता पाउन खुकुलो बनाउन खाजेको होइन : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताएमन छन्। सोमवार राष्ट्रियसभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे। गृहमन्त्री खाणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिष्कृत हुँदै जाने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए।

उनले कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधत ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए।

गृहमन्त्री खाणले भने, ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐनपनि आवश्यकता अनुसार परिष्कृत हुँदै जाने नै छ। नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन। नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो। त्यसको समुचित कानुनी प्रवन्ध गर्न खोजेको हो। अरु कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक आएको होइन।’

मन्त्री खाणले करिब ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell