PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी



पहिलोपोस्ट

ज्यान मार्ने धम्की आएपछि विक्की र कट्रिना उजुरी दिन पुगे प्रहरी चौकी

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले ज्यान मार्ने धम्की दिने एक व्यक्तिविरुद्ध उजुरी दिएका छन्। सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएसँगै दम्पतिले मुम्बईस्थित सान्ताक्रूज पुलिस स्टेसनमा उजुरी दर्ता गराएका हुन्।

विक्की र कट्रिनाले मुम्बईको एक पुलिस स्टेसनमा ती व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा एक अज्ञात व्यक्तिले श्रीमती कट्रिनालाई पछ्याइरहेको विक्कीले बताएका छन्। साथै ती व्यक्तिले दुवैलाई ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ।

‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ।’ विक्कीले उजुरीमा उल्लेख गरेका छन्। उजुरी दर्तापछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell