PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

थप ५६८ जनामा कोभिड-१९ को संक्रमण, १ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थप ५६८ जनामा कोभिड-१९ को संक्रमण, १ जना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा थप ५६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८०० जनाको नमुना परीक्षण गर्दा ५६८ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ।

हाल नेपालमा ३ हजार ५३४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा मात्र एक हजार ९७६ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ललितपुरमा ३४१ र भक्तपुर जिल्लामा १०२ सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell