PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

यस्तो देखियो नेपाल र माल्दिभ्सबिचको खेल

यस्तो देखियो नेपाल र माल्दिभ्सबिचको खेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज सानदार खेल प्रदर्शन गर्‍यो। भारतको भुवनेश्वरमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्समाथि ४-० को फराकिलो जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो।

खेलको ४१औँ मिनेटमा दीपेश गुरुङको गोलमा अग्रता बनाएको नेपाल पहिलो हाफमा एक गोलले अग्रता बनायो। खेल अवधिभर दवाब बनाएको नेपालका लागि दोस्रो गोल सुगम सुवालले ५८औँ मिनेटमा गरे।

त्यस्तै, ६१औँ मिनेटमा कृतिश रत्न छुन्जुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै तेस्रो गोल गरे। यस्तै, चौथो गोल इन्ज्युरी समयमा मनग्य नकर्मीले गरे। उनी ८३औँ मिनेटमा कृतिशको स्थानमा मैदान प्रवेश गरेका थिए।

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

फोटोहरु सबै : साफ/एन्फा



ट्रेन्डिङ पोस्ट

Ncell