PahiloPost

Aug 31, 2025 | १५ भदौ २०८२

लुम्बिनी अलस्टारको लोगो सार्वजनिक



पहिलोपोस्ट

लुम्बिनी अलस्टारको लोगो सार्वजनिक

काठमाडौं: नेपाल टी २० लिगको फ्रेन्चाइज लुम्बिनी अलस्टारले आफ्नो लोगो सार्वजनिक गरेको छ। आज अलस्टारले कार्यक्रम गर्दै लोगो सार्वजनिक गरेको हो।

लुम्बिनी अलस्टारको सिईओ सञ्जय शर्माले नेपाल टी २० लिगले नेपालको क्रिकेटको व्यवसायिकताको अभिबृद्धि गर्ने विश्वास गरेको बताए।

'हाम्रो टिमको नेपाली क्रिकेटसँग आत्मीय सम्बन्ध हो। हामी नेपाली क्रिकेट र पूर्वाधारको विकासमा योगदान पुर्‍याउन चाहन्छौं, ' उनले भने, 'अलस्टारसँग अमेरिकामा ६ वर्षयता फ्रेन्चाइज प्रणालीमा खेलेको अनुभव छ। अब, नेपाल टी २० लिग विश्व क्रिकेटको परिदृश्यमा देखिनका लागि राम्रो मञ्च हुनेछ।'

लगानी बारे भने खुल्न नचाहेका उनीहरुले गाइडलाइनहरु आएपछि मात्र अनुमान लगाउन सकिने बताए।

नेपाल क्रिकेट संघ (क्यान)ले अघिल्लो सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, लुम्बिनी, जनकपुर र विराटनगरको टिम घोषणा गरेको थियो।

काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी / भैरहवाको स्वामित्व अमेरिकाको अल स्टार्स स्पोर्ट्सको रहनेछ। नेपालका पूर्व क्रिकेटरहरुले पनि यस क्लबबाट खेलिसकेका छन् भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकामा छँदा अभ्यास खेल खेलेको थियो। त्यस्तै टिम जनकपुरको स्वामित्व भारतको राजस्थानको कम्पनी गोल्ड स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ। टिम विराटनगरको स्वामित्व भारतकै डाइमण्ड डिजीक्याप स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ।

बाँकी दुई टोली चाँडै सार्वजनिक गर्ने क्यानले जनाएको थियो। नेपाल क्रिकेट लिगलाई आईसीसीले मान्यता दिइसकेको छ। लिग २४ सेप्टेम्बरबाट सुरु गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell