PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो



पहिलोपोस्ट

डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
फाइल फोटो

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ।

आज बिहान करिब ३ः०० बजेदेखि सडक अवरुद्व भएको थियो जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो।

डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell