PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?



पहिलोपोस्ट

छानबिन समितिले भेटाउला जेठ १४ गतेको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज?


काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन गरिरहेको छ।

सिंहदरबारमा बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो। समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा सिसिटिभीको फुटेज पनि समावेश भएको समितिका सदस्यहरुले बताएका छन्। 

शर्माले समितिमा आफूलाई सिसिटिभीको स्टोरेज क्षमता थाहा नभएको बताएका थिए। समितिले प्रहरीको अध्ययन पछि प्राप्त गरेको रिपोर्टमा १४ गते रातिकै फुटेज छ या छैन् भन्ने यकिन भएको छैन्।

शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लागेको थियो। छानबिनका लागि समिति बनेपछि शर्माले पदबाट राजीनामा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell