PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सुनको मूल्य घटेर तोलाको ९४ हजार २ सय रुपैयाँ कायम



पहिलोपोस्ट

सुनको मूल्य घटेर तोलाको ९४ हजार २ सय रुपैयाँ कायम

काठमाडौंः सुनको मूल्य लगातार घटिरहेको छ। सुनको मूल्य मंगलबार ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार र मंगलबारनै सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ थियो। आइतबार भने सुनको भाउ पाँच सय रुपैयाँ बढेको थियो।चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार एक सय ५० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला एक हजार एक सय ५५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ। सोमबार प्रतिऔंस १७२४.४६ डलर रहेको सुन मंगलबार प्रतिऔंस १७२२.२४ डलरमा कारोबार भइरहेको छ। सोमबार  प्रतिऔंस १८.५६ डलर रहेको चाँदी मंगलबार प्रतिऔंस १८.५२ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell