PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

म्यान्मारमा पूर्व सांसदसहित चार जनालाई फाँसी



पहिलोपोस्ट

म्यान्मारमा पूर्व सांसदसहित चार जनालाई फाँसी
हत्या गरिएका पूर्व सांसद। Photo: AP

म्यानमारको सरकारले चार जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिएको छ। सोमवार त्यहाँको सरकारले चार राजनीतिक बन्दीलाई झुण्ड्याएर फाँसी दिइएको हो। 

यसरी फाँसीमा चढ्नेमा एक पूर्व सांसदसमेत रहेका छन्। म्यानमारमा यो फाँसी झण्डै ५० वर्ष यताकै पहिलो भएको त्‍यहाँको सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

फासी पाउनेमा आङ सान सुचीको पार्टीका पूर्व सांसद छन्। यसरी मृत्युदण्ड दिइएकाहरुमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्व सांसद फ्यो जेया हुन्। उनलाई गत नोभेम्बरमा पक्राउ गरिएको थियो। उनलाई प्रति-आतंकवादी कानुन अन्तर्गत जनवरीमा मृत्युदण्ड दिइएको हो। त्यस्तै प्रजातन्त्रवादी अभियान जिम्मी नामले कियो मिन युलाई पनि उस्तै सजाय दिइएको छ। 

त्यस्तै अन्य दुई पुरुषलाई पनि मृत्युदण्ड दिइएको छ। उनीहरुमाथि जुन्ता शासकका सुराकी एक महिलाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिइएको हो। 

जुन्टा शासकले शासन आफ्नो हामा लिएपछि प्रजातन्त्रवादी प्रदर्शनमा दमन गरेर प्रदर्शनकारीको हत्या गरे पनि घोषित रुपमा मृत्युदण्ड पहिलोपटक दिइएको हो। 

यसैबीच उनीहरुलाई मृत्युदण्ड दिइएकोप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्। राष्ट्र संघका महासचिव एन्टोनिय गुटेर्रेसले मत्युदण्डले व्यक्तिको बाँच्न पाउने अधिकारको उल्लंघन गरेको जनाएका छन्। 

पूर्व सांसद जेयालाई सरकारी सुरक्षा फौजमाथि आक्रमण गरेको र यानगुनमा यात्रुबहाक रेलमाथि आक्रमण गरी पाँच प्रहरीको हत्या गरेको आरोपसमेत लागेको छ। 

हिपअप गायकको रुपमा करियर सुरु गरेका उनी २००८ मा जुन्टा शासकविरुद्ध सांगीतिक कार्यक्रम गरेको आरोपमा पक्राउ परेका थिए। २०१५ मा उनी एनलडीबाट सांसदमा निर्वाचित भएका थिए। 
२०२० मा भएको निर्वाचनमा एनएलडीले अत्याधिक बहुमतसहित जित हारेपछि त्यहाँको सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो। गत वर्ष फेब्रुअरी १ मा सेनाले सैन्य 'कू' गर्दै शासन आफ्नो हातमा लिएको थियो। 

सुचीमाथि पनि १५० वर्ष लामो कैदसहितको सजाय माग गर्दै जुन्टा अदालतमा मुद्दा दर्ता भएको छ। त्यस्तै जिम्मी सन् १९८८ मा म्यानमारमा भएको विद्यार्थी आन्दोलनबाट उदाएका अभियन्ता हुन्। उनलाई पनि गत अक्टोबरको एक मध्यरात उनलाई पक्राउ गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell