PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

नम्रता र भोला अभिनित फिल्म ‘डेसान’ मंसिर २३ मा प्रदर्शन हुने



पहिलोपोस्ट

नम्रता र भोला अभिनित फिल्म ‘डेसान’ मंसिर २३ मा प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टरका साथै प्रदर्शन मिति तय भएको छ। कोभिड-१९ महामारीको विषयमा निर्माण गरिएको यो फिल्म आगामी मंसिर २३ गते प्रदर्शन हुने पक्का भएको हो।

सार्वजनिक गरिएको दुई पोस्टरमा नम्रता सापकोटा, भोला सापकोटा, पुनम थापा र निशान चौहानले स्थान पाएका छन्। पुनम र निशानको यो डेब्यू फिल्म हो।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा बनेको फिल्ममा कमल एक्चै मगरको निर्देशन रहेको छ। फिल्ममा नम्रता, भोलाराज, निशान र पुनमका साथै कविता आले आरुषजंग सारु मलिका बस्नेत प्रमीशा सारूमगर लगायतका कलाकारहरूको अभिनय छ।

कोरोना महामारीको त्रासका बिच छायाङ्कन गरिएको फिल्मले मनोरञ्जनका साथै सन्देशसमेत दिने निर्माण पक्षको दावी छ।

राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन्। कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मलाई नेपालभन्दा पहिला विदेशमा प्रदर्शन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell