PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बोर्डको अध्यक्षमा नियुक्तीको खबरले खुसी लागिरहेको छ: भुवन केसी



पहिलोपोस्ट

बोर्डको अध्यक्षमा नियुक्तीको खबरले खुसी लागिरहेको छ: भुवन केसी

कलाकार भुवन केसी नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आफूलाई अध्यक्ष पदमा नियुक्त गरेको केसीले बताए।

‘अध्यक्ष पदमा नियुक्त हुँदा निकै रमाइलो र खुसी लागिरहेको छ। नियुक्त भएको खबर आए पनि औपचारिक घोषणा हुन भने बाँकी नै छ,’ उनले भने।

केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै उम्मेदवारी दिएका मध्ये १० जनाको नाम सार्वजनिक गरेको थियो।

मन्त्रालयले भुवनसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीलाई छनोट गरेको थियो।

गत वैशाखमा केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोली नेपाली कांग्रेस प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell