PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रणवीरको 'फोटोसुट' विवादमा, पक्राउको माग गर्दै उजुरी



पहिलोपोस्ट

रणवीरको 'फोटोसुट' विवादमा, पक्राउको माग गर्दै उजुरी

बलिउड अभिनेता रणवीर सिंह न्युड फोटोसुटका कारण विवादमा तानिएका छन्। उनको फोटो विवादमा तानिएसँगै एक गैरसरकारी संस्था (एनजीओ) ले रणवीरविरुद्ध मुम्बईस्थित चेंबूर प्रहरी चौकीमा उजुरी दर्ता गरेको छ।

महिलाको भावनामा ठेस पुर्‍याएको आरोप लगाउँदै उजुरीकर्ताले रणवीरलाई तत्काल पक्राउ गर्न माग गरेको छ। 

यतिमात्र हैन, रणवीरले सामाजिक सञ्जालबाट फोटोहरू हटाउनुपर्ने समेत उजुरीकर्ताको माग छ। रणवीरले तीनदिनअघि सोसल मिडियामा आफ्ना न्युड फोटोहरू सेयर गरेका थिए। उनले पेपर म्यागेजिनका लागि ‍न्युड फोटो खिचाएका थिएँ।

पछिल्लो फोटोका कारण रणवीर ट्रोलका सिकार बनेका छन्। मेम भाइरल भएका छन्। यद्यपि उनकी श्रीमती दीपिका पादुकोणले भने फोटोसुटको सपोर्ट गरेकी छिन्। कलाकारहरु राम गोपाल बर्मा, अर्जुन कपुर, आलिया भट्टलगायतले पनि रणवीरको फोटोसुट सही रहेको पक्षमा छन्।

रणवीरले आफूलाई नाँगो हुँदा केही फरक नपर्ने बताएका छन्। ‘फिजिकल्ली नेकेड हुन मलाई निकै सजिलो छ। केही प्रस्तुतिमा मलाई नग्न बनाइसकेका छन्। यसमा तपाई मेरो आत्मलाई देख्न सक्नुहुन्छ। कति नेकेड छ त्यसमा? म हजारौं मानिसको अगाडि आफ्नो सबै कपडा उतारी नाँगो बन्न सक्छु। मलाई त यसमा केही फरक पर्दैन। तर त्यहाँ उपस्थित मानिसका लागि केही असहज हुन सक्छ,’ एक अन्तर्वार्तामा उनले भनेको भास्करमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell