PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेपालको तथ्यांक मिथ्यांक भइरहेको छ, विधेयकले व्यवस्थित गराओस् : सांसद विशंखे



पहिलोपोस्ट

नेपालको तथ्यांक मिथ्यांक भइरहेको छ, विधेयकले व्यवस्थित गराओस् : सांसद विशंखे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जीडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिइन्। नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने बताइन्।

सांसद विशंखेले भनिन्, ‘नेपालको तथ्यांक मिथ्यांक पनि भइरहेको छ, यो विधेयकले व्यवस्थित गराओस् भन्ने लाग्छ। नेपालमा दलित समुदाय २० प्रतिशत छन् भनेर गैरसरकारी संस्थाले जहिल्यै भनिरहेको छ। तर, हाम्रो सरकारको आँकडामा १३ प्रतिशत भन्नेछ। तथ्यांक विधेयकले संरचनागत ढंगले कसरी हल गर्ने? र सत्यतथ्य कसरी ल्याउने? यसमा सोच्नुपर्छ। हामीले नेपाल हिन्दुराष्ट्र हो र ८०/९० प्रतिशत हिन्दुहरु छन् भन्ने गरिन्छ। तर, डेटा अर्कोतिर अरु अरु धर्मावलम्वी र अरुको डेटा लिने हो भने ८० प्रतिशत पुग्दैन।’

सांसद विशंखेले नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेको भन्दै तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक ल्याउन आवश्यक भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell