PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका दुई जना मुख्य नाइके समातिए



पहिलोपोस्ट

कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका दुई जना मुख्य नाइके समातिए

बुटवल : रूपन्देहीको तिलोत्तमामा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका मुख्य नाइके दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले मुख्य भुमिकामा रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारतको बिहार प्रदेशका २५ वर्षीय जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरुलाई विद्युतीय ठगी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। तिलोत्तमा-२ जानकीनगरस्थित ब्लू स्काई बिजनेस सोलुसन प्रालिमा आइतवार प्रहरीले छापा मारेको थियो।

कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले २१३ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो। ति कर्मचारीहरुलाई पनि निगरानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त गिरोहले सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने, बैंक लोन अफर गर्ने भन्दै प्रलोभन देखाउने, चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको खुलेको छ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरुको प्रमुख निशानामा भारतीय नागरिक रहेको देखिएको छ। ३ वटा ‘फ्ल्याट’ भाडामा लिएर ठगी गर्ने गिरोहले प्रयोग गर्दै आएका कम्प्युटर लगायत अन्य उपकरणहरु पनि प्रहरीले बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell