PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

सरकार उल्टो बाटो हिँडिरहेको गगनको आरोप : विश्वविद्यालय पिच्छे ऐन बनाउन थाले ध्वस्त हुन्छ



पहिलोपोस्ट

सरकार उल्टो बाटो हिँडिरहेको गगनको आरोप : विश्वविद्यालय पिच्छे ऐन बनाउन थाले ध्वस्त हुन्छ

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालय पिच्छे ऐन बनाउन थालिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा थापाले सबै विश्वविद्यालयको एउटै ऐन नबनाएको भन्दै विरोध गरेका हुन्। योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८ को छलफलमा भाग लिँदै थापाले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए।

'हामी सुल्टो बाटो होइन उल्टो बाटो हिडिरहेका छौँ। संविधानमा शिक्षा तिनै तहको अधिकार हो भन्यो। अनुसुची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले र अनुसुचि ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो,' थापाले भने। उनले सबै विश्वविद्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए। 'शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति त्यो सँगै ऐन र विश्विवद्यालयको छाता ऐनले बाटो देखाउँथ्यो,' थापाको भनाइ छ।

उनले छुट्टै ऐन बनाउन लागेकोमा असन्तुष्टि जनाएका हुन्। अहिले प्रदेशले पनि प्रादेशिक विश्वविद्यालयका लागि धमाधम ऐन बनाइरहेको बताएका छन्। उनले विश्वविद्यालयको समग्र व्यवस्थापनमा ध्यान नदिएर विश्वविद्यालयअनुसार ऐन बनाउन थालिए विश्वविद्यालय ध्वस्त हुने बताए। 'अहिले प्रदेशले प्रदेशका विश्वविद्यालयको ऐन बनाउन थालेका छन्। हजारौं विद्यार्थी पढ्न बाहिर गएका छन्। आइटीजस्तो विषयमा कोटा तोकेर बिरालो बाँध्ने काम गरिरहेका छौं। कहिले एउटा विश्वविद्यालय कहिले अर्को विश्वविद्यालय बनउने कुराले हाम्रो विश्वविद्यालय धोस्त हुन्छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell