
काठमाडौं : नेपालमा थप ६३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ।
हाल नेपालमा ३ हजार ७१४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा मात्र २ हजार ४० सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ललितपुरमा ३८१ र भक्तपुर जिल्लामा ८४ सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।