PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

भारतमा धमाधम निलम्बनमा पर्दै सांसद : हिजो लोकसभाका ४ जना, आज राज्यसभाका १९ जना



पहिलोपोस्ट

भारतमा धमाधम निलम्बनमा पर्दै सांसद : हिजो लोकसभाका ४ जना, आज राज्यसभाका १९ जना

भारतको राज्यसभाका १९ विपक्षी सदस्यहरुलाई सभाबाट निलम्बित गरिएको छ। सभाको बेलमा जीएसटी वृद्धि, मृल्यवृद्धि तथा इन्धनको मूल्यवृद्धिको विरोधमा नारावाजी गर्ने सदस्यहरुलाई सभाध्यक्षले निलम्बन गरेका छन्। 

निलम्बितमध्ये ७ जना तृणमुल कंग्रेस, ६ जना डीएमके,३ जना टीआरएस, २ जना सीपीआई (एम) र १ जना सीपीआईका सदस्यहरु छन्। यसैबीच निलम्बित सांसद डेरेक ओ ब्रेइनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले प्रजातन्त्रलाई नै निलम्बित गरेको आरोप लगाएका छन्।

संसदीय कारवाहीलाई खलल पुर्‍याएको आरोपमा निलम्बित उनले आफूहरुले भन्दा पनि सरकारले नै संसदको कारवाही प्रभावित पारिरहेको तर्क गरे। 

यसैबीच निलम्बित सांसदहरुले संसदभवन पछाडि निरन्तर नाराबाजी गरेपछि बैठक स्थगित भएको छ। यता भाजपाका राज्यसभा संसदीय दलका नेता पियुस गोयलले विपक्षीहरुले निरन्तर अध्यक्षको अनुरोधलाई व्यवस्ता गरेका कारण भारी मन लिएर निलम्बनको निर्णय भएको दाबी गरेका छन्। 

यसअघि एक दिन अगाडि मात्र लोकसभाका चार सांसदलाई निलम्बन गरिएको थियो। भारतीय राष्ट्रिय कंग्रेसका ४ जना सदस्यलाई  मुल्यवृद्धि विरुद्ध संसदभवन बाहिर नाराबाजी गरेको र सभामुखको चेतावनीलाई वेवास्ता गरिएको भन्दै निलम्बन गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell