PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित



रासस

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो। छलफलमा उठेका विषयमा स्पष्ट पार्दै मन्त्री पौडेलले नेपाली महिला मुक्ति आन्दोलनकी अग्रणी योगमायाको नाममा अरुण उपत्यकामा स्थापना हुने सो विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत ल्याई आयुर्वेदिक विषयमा खोज अनुसन्धान हुने बताए।

आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न यो विधेयक ल्याइएको हो। यो विधेयक प्रमाणीकरण भएको ३१औँ दिनदेखि लागू हुनेछ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १३ गते शुक्रवार बिहान ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell