PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन



पहिलोपोस्ट

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं : गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र सबै निकायहरुलाई निर्देशन दिएको छ।

गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलवार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो।

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ। मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्ने जनाएको छ।

सिंहदरबार भित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ।

समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन गृह मन्त्रालयले ‘सीसीटीभी क्यामरा जडान तथा सञ्चालन कार्यविधि २०७२’ प्रयोगमा ल्याएको थियो। चारवर्षअघि नै सुरक्षा निकाय र अन्य सरकारी निकायसँगको छलफलपछि तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले यो कार्यविधि लागू गरेका थिए।

कार्यविधिमा सीसीटीभीबाट खिचेका दृश्य कम्तीमा तीन महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell