PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड, एक जना मतदाताका लागि आयोगको लगानी २ सय ८४ रुपैयाँ



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड, एक जना मतदाताका लागि आयोगको लगानी २ सय ८४ रुपैयाँ

काठमाठौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सबैभन्दा कम खर्चमा सम्पन्न भएको दाबी गरेको छ। २०७० सालको संविधान सभाको चुनाव यता भएका निर्वाचनमध्ये २०७९ मा भएको स्थानीय तह निर्वाचन कम खर्चमा सम्पन्न भएको आयोगले जनाएको हो।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको छ। प्रति मतदान केन्द्र खर्च २ लाख २९ हजार ५ सय ७८ र प्रतिमतदाता खर्च २ सय ८४ रुपैयाँ रहेको आयोगले जनाएको छ।

'स्थानीय तह सदस्य निर्वाचन, २०७९ पछिल्ला निर्वाचनहरूको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको छ,' आयोगको दाबी छ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा आन्तरिक र बाह्य स्रोत गरी ५ अर्ब ९८ करोड ८९ हजार ९५ हजार ८० रुपैयाँ खर्च भएको थियो। त्यतिबेला प्रतिमतदाता खर्च ४९३ पर्न गएको आयोगले बताएको छ।

स्थानीय तह निर्वाचन, २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी ७ अर्ब १५ करोड ७७ लाख १९ हजार ९ सय ६२ रुपैयाँ खर्च भएको थियो। त्यतिबेला प्रति मतदाता खर्च ५ सय ९ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell