PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

सीसीटीभी फुटेजको बारेमा थप जानकारी लिन विज्ञसहित समितिको बैठक सुरु



पहिलोपोस्ट

सीसीटीभी फुटेजको बारेमा थप जानकारी लिन विज्ञसहित समितिको बैठक सुरु

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ। सिंहदरबारमा विज्ञ सहितको बैठक सुरु भएको हो। सीसीटीभी फुटेजबारे थप अध्ययन गर्न समितिले प्रहरीको विज्ञ टोली बोलाएको हो।

अर्थ मन्त्रालयले जेठ १४ गतेको फुटेज सीसीटीभीमा समावेश नभएको बताएपछि समितिले प्रहरीको सहायता लिएको थियो। प्रहरीले सोमवार समितिलाई रिपोर्ट बुझाएको थियो।

आज बिहान बसेको बैठकमा प्रहरीले पठाएको ल्याबको रिपोर्ट खोलेर हेरिएको थियो। तर, थप प्राविधिक पक्षहरु बुझ्न भन्दै समितिको बैठक आज दिउँसो ४ बजे पुनः बोलाइएको हो।

शर्मालाई बजेट निर्माण प्रक्रियामा १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गराएको आरोप लागेको छ। उक्त विषयमा प्रमुख प्रतिपक्षी दलले छानबिन समिति गठन गर्न माग गरेपछि सरकारले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले हाल अध्ययन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell