PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

मिलेन एमालेको दाबी : स्थानीय तह निर्वाचनको लोकप्रिय मतमा कांग्रेस पहिलो, कुन दलले ल्याए कति मत?



पहिलोपोस्ट

मिलेन एमालेको दाबी : स्थानीय तह निर्वाचनको लोकप्रिय मतमा कांग्रेस पहिलो, कुन दलले ल्याए कति मत?

काठमाडौं : लोकप्रिय मतका आधारमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचनको परिणाम अनुसार पहिलो दल भएको छ। नेकपा (एमाले)ले लोकप्रिय मतमा आफ्नो दल नै पहिलो भएको दाबी गरेकोमा आयोगले भने कांग्रेस पहिलो दल भएको विवरण सार्वजनिक गरेको हो।

आयोगले वडा अध्यक्षले पाएको मतका आधारमा लोकप्रिय मत निकालेको हो। एमालेको भन्दा कांग्रेसले १ लाख ४४ हजार ५ सय ९१ मत बढी ल्याएको छ।

कांग्रेसको मत संख्या ३९ लाख ५६ हजार १ सय ९३ रहँदा दोस्रो भएको एमालेको ३८ लाख ११ हजार ६ सय २ मत छ। कांग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत ल्याएका हुन्।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले १३.०३, जनता समाजवादी पार्टीले ५ र नेकपा (एकीकृत समाजवादी)ले ३.६६ प्रतिशत मत ल्याएको छन्।

पूर्ण विवरण :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell