PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बाँकेमा गडेरिया दम्पती हत्या प्रकरण : दाइको योजनामा घटना भएको खुलासा



पहिलोपोस्ट

बाँकेमा गडेरिया दम्पती हत्या प्रकरण : दाइको योजनामा घटना भएको खुलासा

बुटवल : बाँकेको कोहलपुरमा मृत फेला परेका गडेरिया दम्पतीको हत्या परिवारकै सदस्यको योजनामा भएको खुलेको छ। मंगलवार बिहान कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरका २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया आफ्नै घरमा विभत्स हत्या भएको अवस्थामा भेटिएका थिए।

गडेरिया दम्पतीको हत्या आफ्नै दाजु विजयको योजनामा भएको बाँके प्रहरीले जनाएको छ। अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

विजयले भारतबाट दुई जना ‘कन्ट्रयाक्ट किलर’ (हत्यारा)लाई बोलाएर भाइ-बुहारीको हत्या गर्न लगाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। ‘कन्ट्रयाक्ट किलर’लाई १ लाख रकम पहिल्यै दिएको समेत खुलेको छ।

प्रहरीले भाडामा प्रयोग भएका अभियुक्तहरु खुलाइसकेको छैन। केही महिनाअगाडि घरायसी विषयमा विवाद हुँदा अञ्जलीले श्रीमान कृष्ण र उनका बुबालाई उक्साएर जेठो छोरा विजयलाई कुटपिट गर्न लगाएको विषयमा विजयले रिसीइबी साधेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि पैसा पठाएको खुलेको छ। मंगलवार बिहान मृत फेला परेका कृष्णको शरीरमा धेरै रगत लतपतिएको थियो भने मुखबाट समेत रगत आइरहेको थियो। दाँया हातमा सामान्य चोटबाहेक खासै अरु केही थिएन।

अञ्जलीको नाडीमा सामान्य चोट थियो। उनीहरुको एक वर्षअगाडि मात्र विवाह भएको थियो। प्रहरीले विजयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell