PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

लागूऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध प्रहरीको विशेष चेकजाँच अभियान



पहिलोपोस्ट

लागूऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध प्रहरीको विशेष चेकजाँच अभियान

काठमाडौंः उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले लागूऔषध प्रयोग गरी सवारी चलाए वा नचलाएकोबारे प्राविधिक टोलीसहितको चेकजाँच अभियान सुरु गरेको छ। प्रहरीले टिएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको हो। अभियान निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।

यस्तै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत बढी क्षमतामा विद्यार्थी बोक्ने गाडीलाई कारबाही समेत प्रहरीले गरेको छ। चेकजाँचका क्रममा मंगलबार गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नम्बरको स्कुल बसलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell