PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

वाग्मती प्रदेश सभाले पारित गर्‍यो ७० वटा विधेयक



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाले पारित गर्‍यो ७० वटा विधेयक

हेटौंडाः वाग्मती प्रदेश सभाले हालसम्म ७० वटा कानुन निर्माण गरेको छ। मंगलबार प्रदेश सभा सचिवालयले पत्रकार सम्मेलन गरी ५५ वटा मूल र १५ संशोधन गरी ७० वटा विधेयक पारित गरेको जनाएको हो।

सभामुख सानुकुमार श्रेष्ठको अनुसार संविधानले अधिकार सूचीमा तोकेकामध्ये १३ वटा कानुन निर्माण हुन बाँकी छन्। सचिवालयका अनुसार ६६ विधेयक प्रमाणीकरण भइसकेका छन्।

ती विधेयक पारितका क्रममा सभाले २८८ घण्टा २० मिनेट काम गरेको सभामुख श्रेष्ठले बताए।

यस्तै यो अवधिमा प्रदेश मामिला समितिको ९२ पटक, सार्वजनिक लेखा समितिको ७५ पटक बैठक बसेको छ। अर्थ तथा विकास समितिको ७० पटक जसमा उपसमितिको २८ पटक बैठक बस्दा स्थलगत अवलोकन ६ पटक भएको छ। शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ९६ पटक बैठक बस्दा उपसमितिका ७ बैठक बसेका छन्।

उद्योग, पर्यटन तथा वातावरण समितिको ७७ बैठक बसेका छन्।

दशौं अधिवेशनमा मूल ३, संशोधन ३ र अध्यादेश प्रतिस्थापन विधेयक एउटा पारित भएको सभामुख श्रेष्ठले जानकारी दिए। ३ वटा प्रतिस्थापन विधेयक पारित हुन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell