PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

संकटामा २५ वर्षपछि बनाइयो गथांमुग:, खोलामा गरियो बिसर्जन

संकटामा २५ वर्षपछि बनाइयो गथांमुग:, खोलामा गरियो बिसर्जन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसानहरु आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिएको बताइन्छ।

नेवार समुदायले गथांमुग:लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुग:लाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ। कत्तै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्वालीको।

दिनभरी गथांमुग:लाई टोलको दोबाटोमा राखिन्छ। त्यसबेला स्थानीयले ‘ओम शान्ति जय नेपाल, आजु जय हा’ भन्दै गथांमुगः मनाउने गर्छन्।

काठमाडौंमा गथांमुग: बनाएर नदीमा लगेर बिसर्जन गर्ने परम्परा रहेको छ। भक्तपुरमा भने गथांमुग:को दहन गर्ने गरिन्छ। गथांमुग: दहन गर्दा बालबालिकालाई गथांमुग: छुवाउने गरिन्छ। त्यसो गर्नाले नराम्रो शक्तिले बालबालिकालाई नछुने जनविश्वास गरेको छ। भक्तपुरमा यस पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा समेत लिइन्छ।

काठमाडौंस्थित संकटाको नच्छे गल्लीमा पनि गथांमुग बनाइएको थियो। करिब २५ वर्षपछि संकटामा गथांमुग: बनाइएको स्थानीयले बताए। त्यसपछि गथांमुग:लाई खोलामा लगेर बिर्सजन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell