PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

प्रदेश १ मा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह



पहिलोपोस्ट

प्रदेश १ मा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह
फाइल फोटो

काठमाडौं : जल तथा मौसम पूर्वानुमान विभागले प्रदेश १ को झापा, मोरङ, सुनसरी, सप्तरी,धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी बर्षा भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ विभागले जनाएको छ। यस्तै, डुबान भइरहने होचा स्थान र साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै, विभागले आज देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। ती क्षेत्रहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ। नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउनु अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell