PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

बैतडीमा विषालु च्याउ खाँदा पाँचजना बिरामी, अस्पतालमा उपचार हुँदै



पहिलोपोस्ट

बैतडीमा विषालु च्याउ खाँदा पाँचजना बिरामी, अस्पतालमा उपचार हुँदै
Photo : Scroll.in

काठमाडौं : विषालु च्याउ खाँदा बैतडीमा पाँचजना बिरामी परेका छन्। मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्।

बिरामी हुनेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो। मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell