PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु



पहिलोपोस्ट

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु
file photo

काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए।

तामाङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell