PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

इन्स्टाग्रामलाई आग्रह : टिकटक बन्ने प्रयास बन्द गर्नु



पहिलोपोस्ट

इन्स्टाग्रामलाई आग्रह :  टिकटक बन्ने प्रयास बन्द गर्नु
Photo : Instagram

रिलयालिटी टिभी स्टार्स किम कार्डिसन र केली जेन्नरले इन्स्टाग्रामको नयाँ डिजाइनको आलोचना गरेका छन्। उनीहरुले ‘मेक इन्स्टाग्राम इन्स्टाग्राम अगेन’ लेखेर मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्टाग्रामको आआफ्नो स्टोरीमा राखेका छन्। जसमा उनीहरुले इन्स्टाग्रामलाई टिकटक बन्ने प्रयास नगर्न पनि भनेका छन्।

केहीदिन अघिमात्रै इन्स्टाग्रामले व्यक्तिगत पोस्ट भन्दा ‘सर्ट भिडियो फर्म्याट रिल्स’ लाई बढी प्राथमिकता दिने गरी आफ्नो प्ल्याटफर्मको डिजाइन परिवर्तन गरेको थियो। त्यसयता, प्रयोगकर्ताहरुले इन्स्टाग्रामलाई ‘टिकटक बन्न नखोज्नु’ भन्दै आवाज उठाइरहेका छन्।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्ल्याटफर्ममा पछिल्लो समय धेरै परिवर्तन भएको स्वीकारेका छन्। उनले इन्स्टाग्राम आउने दिनमा ‘भिडियो बेस्ड’ हुने समेत बताएका छन्। तस्विरलाई प्राथमिकतामा राख्दै मानिसहरुले के रुचाउँछन र भिडियो कसरी हेर्न चाहन्छन् भन्ने बारेमा इन्स्टाग्राम ‘सिफ्ट’ हुने उनले बताए।

जलाइ २१ मा इन्स्टाग्राममा रिल्स फिचर सार्वजनिक गरिएको थियो। जसमा ‘पब्लिक फोटो’ हरुलाई रिल्सका रुपमा सेयर गर्न, मोबाइलको अगाडि र पछाडिको क्यामराबाट भिडियो खिच्ने ‘ड्युल फिचर’ रहेको छ। साथै, १५ मिनेटभन्दा बढीको भिडियो स्वत: रिल्समा अपलोड हुने बताइएको छ।

पछिल्लो समय आफ्नो इन्स्टाग्राम फिडमा तस्विरहरु कममात्रै देखिने गरेको गुनासो प्रयोगकर्ताहरुले गर्न थालेका छन्। उनीहरुले इन्स्टाग्रामलाई तस्विरलाई प्राथमिकता दिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell