PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा भने भारी वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ। राति देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell