PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कोइरालाको मत, ‘अन्य दलले सबैकुरा आफू नै हो भन्ने सोच्छन्’



पहिलोपोस्ट

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने कोइरालाको मत, ‘अन्य दलले सबैकुरा आफू नै हो भन्ने सोच्छन्’
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन्। प्रेस युनियन पर्साले बुधवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन्।

उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको समेत बताए। गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै उनले कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए। नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पारे।

उनले भने, ‘गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादी केन्द्रले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ, उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ। त्यस्तो होइन। नेपाली कांग्रेस ठूलो पार्टी हो। पुरानो पार्टी हो। र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो। त्यसकारण हामी सबैलाई समेटेर हिडौँ भन्ने हामीहरुको सोच।’

उनले कांग्रेसका पूर्व सभापति गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गरे। नागरिकता विधेयक संसद्बाट पारित भएसँगै मधेशमा धेरै जनताहरुमा खुशी छाएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell