PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बुवा बने प्रशान्त तामाङ



पहिलोपोस्ट

बुवा बने प्रशान्त तामाङ

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ। प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्। उनीहरूले छोरीको नाम आरिया राखेका छन्।

छोरीको फोटो पोस्ट गर्दैँ प्रशान्तले आफू बुवा बनेको खुसी फेसबुकमार्फत साटेका छन्। ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ। माया र शुभेच्छा दिने सम्पूर्णलाई धन्यवाद,’ उनले फेसबुकमा लेखेका छन्।

केही समयअघि प्रशान्तले श्रीमतीसँगको फोटो सेयर गर्दैँ आफूहरू अभिभावक बन्न लागेको जनाएका थिए।

तीन वर्षअघि एयर होस्टेस माथा एलीसँग वैवाहिक बन्धनमा बाँधिएका प्रशान्त इण्डियन आइडल सिजन ३ का विजेता हुन्। उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell