PahiloPost

Sep 27, 2024 | ११ असोज २०८१

लगातार दोस्रो जितको खोजीमा नेपाल, पहिलो जितको खोजीमा श्रीलंका



पहिलोपोस्ट

लगातार दोस्रो जितको खोजीमा नेपाल, पहिलो जितको खोजीमा श्रीलंका
Photo: SAFF

काठमाडौं: साफ यू २० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा साँझ सवा ७ बजे खेल सुरु हुनेछ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ भने पहिलो खेलमा बंगलादेशसँग १-० गोलको साँघुरो हार ब्यहोरेको श्रीलंका प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।

नेपालले तेस्रो खेलमा भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell