PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सालका रूख कटान गरेको अभियोगमा सात जना पक्राउ



रासस

सालका रूख कटान गरेको अभियोगमा सात जना पक्राउ
फाइल फोटो।

हेटौँडा : मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

हेटौँडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो। सो वडाको निर्णाणाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनले पक्राउ परेका सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए। उक्त घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell