
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि जुगेडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खगेन्द्र साउदले जानकारी दिए।
वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्र आएको साउदले बताए। कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।