PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी



पहिलोपोस्ट

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी
Photo : Scroll.in

काठमाडौं : जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ। उपचारका लागि अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको छन्। 

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell