PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

देशका अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
FILE PHOTO

काठमाडौं : देशका विभिन्न भूभागमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमा महाशाखाले हाल मधेश प्रदेशको बाराको सिमरम विमानस्थल, परवानीपुर र पर्साका धेरै स्थानमा आज बिहानैदेखि भारी बर्षा भएको जनाएको छ।

ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले पसाहा खोला दुधौराखोला लगायतका क्षेत्र भएर बग्ने ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ। त्यसैले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै, आज बिहानैदेखि वाग्मती प्रदेशको हेटौंडा र चितवनमा पनि भारी वर्षा भइरहेको छ। मकवानपुरको हेटौंडा,चितवनको शक्तिखोर,गोविन्दबस्ती (माडी क्षेत्र) लगायत क्षेत्रमा भारी वर्षा भएको महाशाखाले जनाएको छ। बिहानैदेखि भारी वर्षा मापन गरिएकोले चितवनको रिउ खोलाका साथै अन्य खोलामा आकास्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, नवलपरासी,रूपन्देही, कास्की र आसपास केही स्थानमा पनि भारी बर्षा भएको महाशाखाले जनाएको छ। यी सबै जिल्ला भएर बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell