PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन



पहिलोपोस्ट

सात घण्टाको अवरोधपछि त्रिभुवन राजपथमा चल्न थाल्यो सवारीसाधन
FILE PHOTO

काठमाडौं : त्रिभुवन राजपथअन्तर्गतको हेटौंडा-काठमाडौंतर्फको यातायात पुनः संचालनमा आएको छ। भीमफेदी गाउँपालिका-१ भैसे-हेटौंडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो।

आज बिहानदेखि यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

सडक संचालनमा आएसँगै हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौं सवारी साधन आ-आफ्नो गतव्यतर्फ लागेको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell