PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

चिनियाँ नागरिकको आपराधिक गतिबिधि बढ्दोः ठमेलबाट अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिक समातिए



पहिलोपोस्ट

चिनियाँ नागरिकको आपराधिक गतिबिधि बढ्दोः ठमेलबाट अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिक समातिए

काठमाडौं : काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका समाग्री सहित पक्राउ गरेको हो।

४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड सहित उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। आइतबार तीनकुनेमा रहेको स्काइ वर्ल्ड सर्भिस सेन्टरका नामबाट सञ्चालित उक्त कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell