PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

दिनदहाडै महिलाको साथमा रहेको रकम लुट्ने दुई युवक पक्राउ



पहिलोपोस्ट

दिनदहाडै महिलाको साथमा रहेको रकम लुट्ने दुई युवक पक्राउ

जनकपुरधाम : जनकपुरधामबाट पैसा लुट्ने दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

गत सोमवार विदेशबाट आएको दुई लाख रुपैयाँ मिल्स एरियास्थित रहेको एभरेस्ट बैंकबाट झिकेर गइरहेकी सबैला नगरपालिका-४ घर भई जनकपुरधाम-१ मा बस्दै आएकी शर्मिला देवी प्लास्टिकको झोलामा मोबाइल र पैसा लिएर आउँदै गरेकोमा झोला लुटेर दुई युवक फरार भएका थिए।

घटना पश्चात् जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेको दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ।

प्रहरीले जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको छ। दुवै जनाले रुपैयाँ लुटेपछि बाँटबखरा समेत गरिसकेको थिए।

धनुषा प्रहरीले दुवै जनालाई मोबाइल र पैसासहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell