PahiloPost

Aug 17, 2022 | १ भदौ २०७९

दिनहुँ बढ्दै छ कोरोना : एकै दिन थपिए ७ सय १० संक्रमित, दुई जनाको मृत्यु



पहिलोपोस्ट

दिनहुँ बढ्दै छ कोरोना : एकै दिन थपिए ७ सय १० संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २५ जनामा परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय १५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ रहेको छ।

२४ घण्टाको अवधिमा देशभर संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell